काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युएईस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । उनले बिहीबार अबुधावीस्थित दूतावासको भ्रमण गरेका हुन् ।


ADVERTISEMENT


निरीक्षण भ्रमणका क्रममा उनले नेपाली समुदायको हितमा भए गरेका कामकारबाहीको जानकारी लिँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको दूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्सको नियमित उडानमार्फत बुधबार राती युएई गएका थिए ।

यही मङ्सिर १४ गतेदेखि कोप–२८ दुबईमा हुँदैछ । प्रधानमन्त्री दाहाल मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुनेछन् । उनले मङ्सिर १६ गते उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।