काठमाडौं – सरकारले छठ पर्वको अवसर पारेर आगामी सोमबार (कात्तिक ३० गते) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
छठ पर्वको मुख्य पूजा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर गरिने भए पनि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्व सम्पन्न हुने परम्परा छ । सोही परम्परालाई ध्यानमा राख्दै सरकारले सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।



























