काठमाडौं- नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा नेपाल–भारतबीचको कनेक्टिभिटी विस्तार, जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने तथा पर्यटन प्रवर्द्धन र सहकार्य अभिवृद्धि गर्ने विषयमा फलदायी विचार आदानप्रदान भएको छ।
दुवै पक्षले नेपाल र भारतबीच रहिआएको घनिष्ठ मित्रता तथा सहकार्यका सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल र भारतबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउँदै पर्यटन, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य गर्ने विषयलाई भेटवार्ताले प्राथमिकता दिएको छ।



























