काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रूत बस सेवालाई विस्तार गरिने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सुर्यबिनायकसम्म सञ्चालनमा रहेको द्रूत बस सेवाको अनुगमन गर्दै मन्त्री ज्वालाले यसलाई प्रभावकारी बनाउदै अन्य रुटमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्री ज्वालाले चक्रपथ लगाएत अन्य रुटमा सेवा विस्तार गर्न सकिने बताए । सार्वजनिक सवारी यातायातलाई व्यवस्थित गर्दै सुरु गरेको सेवा सञ्चालमा केहि चूनौती र समाधान रहेको भन्दै त्यसलाई समाधान गर्दै दिगो बनाउने उनको धारणा छ ।

अनुगमनका क्रममा मन्त्री ज्वालाले सुर्यबिनायकदेखि जडिबुटीसम्म द्रुत बसमा चढेरै बस सेवाको अनुगमन गरेका थिए । हाल सो रुटमा प्रत्येक ३– ३ मिनेटको फरकमा ३६ वटा बस सञ्चालनमा रहेका छन् ।