काठमाडौँ – इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौँमा सम्पन्न उक्त सभाले विभिन्न एजेन्डासहित कम्पनीको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ ।


ADVERTISEMENT


यस्तै सभाले ८.४२१०५% ले हुने रकम रु ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ नगद लाभाशं (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य गर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #