काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट लिग–२ आगामी फेब्रुअरीदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सन् २०२४ देखि २०२७ सम्म चल्ने लिग–२ को पहिलो सिरिज नेपालमा हुने भएको छ ।


ADVERTISEMENT


कूल ८ राष्ट्र सहभागी हुने लिग–२ को पहिलो सिरिजमा नेपाल, नेदरल्याण्ड र नामिबिया भिड्ने भएका छन् । लिग–२ मा नेपालसहित नेदरल्याण्ड, स्कटल्याण्ड, ओमान, नामिबिया, युइई, अमेरिका र क्यानडा भिड्दैछन् ।


ADVERTISEMENT

# # #


के हो लिग–२ ?

लिग–२ सन् २०२७ मा दक्षिण अफ्रिका, नामिबिया र जिम्बाब्बेमा हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोटको प्रक्रिया हो । जहाँ लिग-२ मा आईसीसीको १३औँदेखि २०औँ स्थानको वरियतामा रहेको एकदिवसीय टोलीबीच प्रतिस्पर्धा हुनेछ । नेदरल्याण्ड यसअघि भएको सुपर लिगको पुछारको टोलीका रुपमा लिग-२ मा झरेको हो भने स्कटल्याण्ड, ओमान, नामिबिया, अमेरिका यसअघिको लिग-२ संस्करणका उत्कृष्ट ५ टोलीका रुपमा कायम रहका हुन् ।

यस्तै युएई र क्यानडा क्वालिफायर्स प्लेअफका उत्कृष्ट २ टोलीका रुपमा लिग-२मा पुगेका हुन् । लिग-२ एउटा सिरिजमा ३ टोली भिड्नेछन् र खेल घरेलू होम-अवे-न्यूट्रल फर्म्याटमा हुनेछ । कूल १६८ वटा खेल खेलाइनेछ ।

लिग-२ का उत्केष्ट ४ टोली विश्वकप छनोटमा पुग्नेछन् भने बाँकी ४ टोलीले क्वालिफायर्स प्लेअफ खेल्नेछन् । कूल ६ टोली सहभागी हुने उक्त प्रतियोगिताका उत्कृष्ट ४ टोली विश्वकप छनोटमा पुग्नेछन् ।

विश्वकप छनोटमा कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र उत्कृष्ट ४ टोली सन् २०२७ मा हुने एकदिवसीय क्रिकेट विश्वकपमा सहभागिता जनाउनेछन् ।