काठमाडौँ – उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेकाभुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।


ADVERTISEMENT


शुक्रबार न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उच्च अदालत पाटनले रिजाललाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश उल्ट्याएको हो ।


ADVERTISEMENT

# # #


नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर करोडौँ ठगी गरेको आरोपमा प्रहरीले करिब २ दर्जन व्यक्ति प्रक्राउ गरेको थियो । सोही अनुसार प्रहरीले रिजाललाई उनलाई गत जेठ ४ गते पक्राउ गरेको थियो ।