काठमाडौँ – नेपालका लगि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले म्याक्सचेञ्ज मेलाको आयोजना गरेको छ । १ डिसेम्बरदेखि सुरु भएको यो तीन दिने मेलाको आज अन्तिम दिन हो ।


ADVERTISEMENT


कम्पनीको अनुसार एक्सचेञ्ज गरेर टाटा कार किन्न इच्छुक ग्राहकवर्गलाई लक्षित गरी योजना गरिएको म्याक्सचेञ्ज मेलामा उत्साहजनक सहभागीता रहेको छ । विशेषगरी नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स गाडी किन्न चाहने ग्राहकहरुको सहभागीता अझै धेरै देखिएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौँको थापाथली, भक्तपुरको सल्लाघारी लगायत नेपालभरीको सबै टाटा मोटर्सको शोरुमहरुमा आयोजना भइरहेको छ । मेलाको अन्तिम दिन आज टाटा कारको शोरुममा गएर टाटा नेक्सन म्याक्स गाडी किन्दा पाइने आकर्षक स्किमको फाइदा सकिने कम्पनीले जनाएको छ ।

म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन् ।

यस म्याक्सचेञ्ज मेलाको अबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।