काठमाडौँ – गत असोज ९ गते चितवन राष्ट्रिय निकुञ्जबाट कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएका पोथी गैंडा पुष्पा र अञ्जली यतिबेला कोशी टप्पुमा रहेका हात्ती र टप्पुका कर्मचारी संग रमाउने गरेका छन् ।


ADVERTISEMENT


माउबाट छुट्टिएको अवस्थामा फेला परेका पुष्पा र अञ्जली नामका गैँडाहरू कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएपछी उनीहरुलाइ कोशीटप्पु वन्यजन्तु आरक्षको सप्तरी स्थित पथरी सेक्टरमा राखिएको छ, उनीहरुको स्याहारसुसारका लागि एकजना कर्मचारी खटाइएको छ ।


ADVERTISEMENT

# # #


विगतमा गरिएका गैँडा स्थानान्तरण पूर्ण रूपमा सफल नभए पनि यस पटक कोशीटप्पुमा गरिएको स्थानान्तरण भने सफल हुने कैयन् आधार रहेको विज्ञ तथा संरक्षणकर्ताहरूको दाबी छ ।

कोशी प्रदेशको सुनसरी, उदयपुर र मधेश प्रदेशको सप्तरी जिल्लामा १७५ वर्ग किमि क्षेत्रफलमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा गैंडाका लागि वेटल्याण्ड र ग्रासल्याण्ड राम्रो भएको कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरकी प्रमुख रेखाकुमारी मेहताले बताइन् । अहिले पुष्पा र अञ्जलीलाई राख्नका लागि कोशी टप्पु आरक्षको पथरी सेक्टरमा १६ फिट अग्लो, ८५ फिट लामो इन्क्लोजर बनाइएको छ ।

चितवन बाट कोशीटप्पु ल्याउदा दुवै गैंडालाइ स्याहारसुसार र सहजतामा निकै कठिन भएको भएपनी अहिले उनीहरुलाई सोक्षेत्रको रहनसनमा सहज हुनथालेको छ । अहिले उनीहरु टप्पुका हात्ती संगै रम्ने गरेका छन् । उनीहरुलाइ बिहान ६ बजे इन्क्लोजर बाट सोही क्षेत्रमा रहेको घाँसेमैदानमा बाहिर निकाल्ने गरिएको छ भने दिउसो ११ बजे आरक्षको टप्पु क्षेत्रमा हात्तीसंगै चराउन लैजाने गरिएको छ । साँझ ५ बजे भने उनीहरु आफै आफ्नो बासस्थान इन्क्लोजरतर्फ आउने गरेका छन् ।

पछिल्लो समय कोशीटप्पु पथरी सेक्टरमा रहेका हात्ती र स्थानीय कर्मचारी संगै रमाउदै पुष्पा र अञ्जलीले आफ्नो दिनचर्या गुजार्दै आएका छन् । पुष्पा र अञ्जलीलाइ कोशी टप्पु वन्यजन्तु आरक्षमा निकै सहज हुने देखिएपछि चितवन राष्ट्रिय निकुञ्जबाट थप दुई पोथी र एक भाले गैंडा कोशी टप्पु ल्याउने तयारी गरिएको छ ।

यस संगै कोशीटप्पु वन्यजन्तु आरक्षमा गैंडाको संख्या ५ हुने छन् ।