काठमाडौँ – नेपाली सेनाले उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डाले आइतबार सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयलाई सिफारिस गरेको हो ।
जङ्गी अड्डाले मङ्सिर ८ मा उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशन गरेको ७ दिनपछि सिफारिस गर्ने कानुनी व्यवस्था उनलाई सिफारिस गरिएको हो । सिफारिस अनुससार मन्त्रिपरिषद्ले बढुवाको निर्णय गरे सिग्देल रथी बन्नेछन् ।
यसअघि मंसिर ११ गते नेपाली सेनाका सहायक रथी नारायण सिलवाल उपरथीमा बढुवा भएका थिए ।