काठमाडौँ– मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ ।
कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यको जिम्मेवारी मुक्तिनाथ क्यापिटललाई सुम्पिएको हो ।
सम्झौतामा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट संचालक तुलसी राम ढकालले हस्ताक्षर गरेका छन् ।
कृषि कम्पनीका शेयरधनीहरुलाई प्रभावकारी र भरपर्दाे सेवा शेयर रजिष्ट्रार मार्फत उपलब्ध गराउने कम्पनीले विश्वास गरेको छ ।