काठमाडौँ – खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू–१९ क्रिकेट टिमका खेलाडीहरुले दुई दिनभित्र पूर्वघोषित पुरस्कारको रकम पाउने दाबी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको विदाइ गर्दै मन्त्री लिम्वुले अर्थमन्त्रालयबाट पुरस्कारवापतको रकम स्वीकृत भइसकेको भन्दै दुईदिनभित्र खेलाडीहरुको खातामा आउने बताउनुभएको हो । पुरस्कार उपलव्ध गराउने सम्बन्धी बिगतमा रहेको समस्या समाधान भइसकेको उनले बताए ।


ADVERTISEMENT

# # #


मन्त्री लिम्बुले खेल जितेर आएको सात देखि १५ दिनभित्र दिइसक्ने निति मन्त्रालयको रहको जिकिर गरे । यू–१९ विश्वकपमा छनोट भएपछि सरकारले यू–१९ क्रिकेट टिमका खेलाडीलाई जनही रु तीन–तीन लाख रुपैया दिने घोषणा गरेको थियो ।