काठमाडौँ– नेपाली सेनाको रिक्त एक रथी पदमा वरिष्ठतम उपरथी अशोकराज सिग्देल बढुवा भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवासँगै सिग्देल नेपाली सेनाको भावी प्रधान सेनापतिको दाबेदार बनेका छन् । अर्को एक रथी पद पुसमा रिक्त हुँदैछ ।
उनी वरिष्ठतम रथीका रुपमा रहने भएकाले आगामी वर्षको भदौमा प्रधान सेनापति बन्नेछन् । बैठकले सन्तोषबल्लभ पौडेललाई दुई तारे उपरथीमा बढुवा गरेको छ ।