काठमाडौँ – एशियाली क्रिकेट परिषद् (एसीसी)को आयोजनामा यू–१९ एशिया कप भोलिदेखि सुरु हुँदैछ । दुबईमा आयोजना हुने प्रतियोगितामा नेपालले भोलि आफ्नो पहिलो खेल खेल्दैछ।
कूल ८ राष्ट्र सहभागी हुने प्रतियोगिता ४–४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘ए’मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् भने समूह ‘बी’मा आयोजक युएईसहित बंगलादेश, श्रीलंका र जापान रहेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा भोलि पाकिस्तानविरुद्ध खेल्दैछ । खेल नेपाली समय हनुसार बिहान ११ः१५ बजे खेल्दैछ । खेल दुवईको आईससी ओभल मैदानमा हुने छ । नेपालले एशिया कपमा सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ ।
गत कार्तिकमा मलेसियामा भएको एसीसी यू–१९ प्रिमियर कपको विजेता बन्दै नेपाल एशिया कपमा पुगेको थियो ।
नेपाली यू–१९ टोली:
देव खनाल (कप्तान) दिपक बोहरा, तिलकराज भण्डारी, सुभाष भण्डारी, आकाश चन्द, हेमन्त धामी, दिपक प्रसाद डुम्रे, गुलशन झा, अर्जुन कुमाल, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, उत्तम रंगु थापा मगर, बिपिन रावल र आकाश त्रिपाठी ।