विराटनगर– सरकारको निर्णय अनुसार मोरङमा पनि सशस्त्र प्रहरीले सिमा स्तम्भहरुको मर्मत सम्भार , रंगरोगन र पुर्नस्थापना गर्ने कार्य शुरु गरिएको छ ।


ADVERTISEMENT


शुक्रबार विराटनगर महानगरपालिका वडा नं. १८ दामादिगी स्थित १७७ नम्बरको पिलर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मर्मत सम्भार शुरु गरेर सिमा स्तम्भ मर्मत कार्यको शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सिमा क्षेत्रको सुरक्षा गर्न स्थानीयहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए ।


ADVERTISEMENT

# # #


सिमाक्षेत्रमा हुने गरेको लागूऔषधको ओसारपोसार र मानव बेचबिखन ठुलो समस्या बन्दै गएकोले यसलाई सुरक्षा निकायको समन्वय र स्थानियको साथबाट समाधान गर्नुपर्ने उनको धारणा छ ।

त्यस्तै सशस्त्र प्रहरी बल बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलले स्थानीयको सहयोग बिना सिमा सुरक्षा सम्भव नभएको बताए । उनले देशको शन्ति सुरक्षा र आन्तरिक सुरक्षालाई मजबुद बनाउन राज्याले सिमा सुरक्षालाई बलियो बनाउनु पर्ने जिकिर गरे ।

सशस्त्र प्रहरी बल ३ नं कंकालिनी गणले मोरङका ३७ वटा बिजोर नम्बरका पिलरहरु मर्मत सम्भार र रंगरोगन गर्ने जिम्मा पाएको हो । मोरङको भारत संग रहेको ६३ किलोमिटर सिमा क्षेत्रमा १ सय २३ वटा साना ठुला पिलरहरु रहेकोमा ६५ वटा जोर नम्बरका पिलरहरु भारतिय सशस्त्र सुरक्षा बल एसएसबीले मर्मत सम्भार र रंगरोगन गरिसकेका छन् ।

मोरङको सिमाक्षेत्रका २३ वटा पिलरहरु भने हराएका छन् ।