काठमाडौँ – युएईमा जारी एसीसी यू–१९ एशिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको चुनौती दिएको छ । दुवईस्थित आईसीसी ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९.२ ओभरमा सबै विकेट गुमाउँदै १५२ रनमै समेटिएको हो ।


ADVERTISEMENT


नेपालका लागि उत्तम थापामगरले सर्वाधिक ५१ रन बनाए । उनले ७६ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै दीपेश कँडेलले ५९ बलमा २ चौका र १ छक्काको मदतमा ३१ तथा अर्जुन कुमालले ३७ बलमा ३ चौकाको मदतमा २१ रन जोडे । नेपालका अन्य ब्याटरले दोहारो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


नेपाललाई सस्तैमा समेट्नेक्रममा पाकिस्तानका मोहम्मद जिशनले सर्वाधिक ६ विकेट चट्काए । उनले ९.२ ओभरमा १ मेडेल राख्दै १९ रन मात्रै दिए । यस्तै महिर हसनले १० ओभरमा २ मेडेन राख्दै १५ रन मात्रै दिएर २ विकेट लिए भने उवैद शाह र अलि असफइदले समान १–१ विकेट हात पारे ।