काठमाडौँ – प्रधान सेनापति प्रभुराम शर्मासँग अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एशियाका लागि वरिष्ठ निर्देशक एलीन लाउबाचरले भेटवार्ता गरेका छन् । उनीहरुबीच शुक्रबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।


ADVERTISEMENT


प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । भेटघाटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्सनसमेत उपस्थित रहेका थिए ।


ADVERTISEMENT

# # #


भेटघाटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।