काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाकालदेखि गत असोजसम्ममा ६९.६२ अर्ब दाबी भुक्तानी गरेको छ ।


ADVERTISEMENT


यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५.६८ अर्व, परिपक्व दावी भूक्तानी बापत १९.७८ अर्ब र अग्रिम दाबी भुक्तानी बापत २३.४४ अर्व दाबी भुक्तानी गर्दै नेपालको बीमा क्षेत्रमा सर्वाधिक दाबी भुक्तानी गर्ने कम्पनीको रुपमा नेपाल लाइफ स्थापित भएको हो ।


ADVERTISEMENT

# # #


नेपालको बीमा क्षेत्रमा सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत असोज मसान्त सम्ममा १३ हजार ५१२ जनाका हकवालाहरुलाई मृत्यु दाबी भुक्तानी गरिसकेको छ । कम्पनीले ‘कन्भेन्सियल प्लान’ अन्तर्गत ११ हजार १७७ जनालाई ३ अर्ब ७१ करोड र वैदेशिक रोजगारीतर्फ २ हजार ३३५ जनालाई १ अर्ब ९७ करोड भुक्तानी गरिसकेको छ ।

कम्पनीले आफ्नो दाबी प्रक्रियालाई एकदम सहज बनाएको र दाबीका निम्ति कागजात प्राप्त हुने बित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको जनाएको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीलाई प्राप्त भएको मृत्यु दाबी भुक्तानी निवेदन मध्ये ९३ प्रतिशत दाबी फर्छ्यौट भईसकेको कम्पनीले जनाएको छ । सम्पूर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दाबी भुक्तानी ३ कार्य दिनभित्र र सामान्य मृत्यु दाबी भुक्तानीे ७ कार्य दिनभित्र नै भुक्तानी गर्ने कम्पनीको भनाई छ ।

कम्पनीले यस अवधिमा ४६ प्रतिशत मृत्यु दाबी भुक्तानी तीन दिनभित्र गरेको जनाएको छ । यसैगरी ६७ प्रतिशत निवेदन एक हप्ता भित्र र ८१ प्रतिशत मृत्यु दाबी भुक्तानी एक महिना भित्र कम्पनीले गरेको छ । कम्पनी १०० प्रतिशत दाबी यथाशीघ्र भूक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरु समयमा उपलब्ध नहुँदा केही दाबी भुक्तानी गर्न ढिलाई भएको कम्पनीले जनाएको छ ।

दाबी भुक्तानी लिनका लागि चाहिने कागजातकोबारेमा जानकारी गराउने अभिप्रायले कम्पनीले आफ्नो वेबसाइटमा समेत सूचना सम्प्रेषण गरेको छ । दाबी भुक्तानी लिन चाहिने कागजातको बारेमा कुनै जिज्ञासा भए यस कम्पनीको दाबी विभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्नसमेत कम्पनी आह्वान गर्दछ । सम्पूर्ण कागजात प्राप्त भएको खण्डमा कम्पनीले न्युनतम अवधिमा नै भुक्तानी गर्ने आन्तरिक प्रणालीको विकाश गरिसकेको कुरा कम्पनीले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्री बनाएको छ । यसै क्रममा यस कम्पनीले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दाबी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए । आर्थिक वर्ष २०७९/८० मा ९९.१३ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ९९.०७ प्रतिशत मृत्यु दाबी भुक्तानी गरेको थियो । प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको र सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत पराजुलीले व्यक्त गरे ।