काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा प्रवेश भएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले एनसेलका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकमा समिति सदस्यहरुले एनसेलका बिषयमा प्रधानमन्त्रीसंगै जानकारी लिनुपर्ने धारणा राखेका थिए । सांसदहरुले प्रधानमन्त्रीलाई बोलाउनुपर्ने भनेपछि समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाउन पत्राचार गर्ने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

त्यसअघि समिति बैठकमा सदस्य रघुजी पन्तले एनसेल खरिदबिक्री सम्बन्धमा प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई समितिमा बोलाएर जानकारी माग गर्नुपर्ने बताए । एनसेलका बिषयमा छलफल गर्दा कार्यक्षेत्रका बारेमा भने स्पष्ट हुनुपर्ने उनले बताए

त्यस्तै बैठकमा सांसद गगनकुमार थापाले एनसेलको शेयर खरिदबिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ हुनसक्ने जनाए । उनले एनसेलको खरिदबिक्रीले दिर्घकालीन असर पुग्न सक्ने भएकाले समितिले गम्भीर भएर छलफल चलाउनुपर्नेमा जोड दिए ।

त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले एनसेल खरिदबिक्रि प्रकरणको यथार्य आउनुपर्ने तर्क प्रस्तुत गरे । एनसेलको कर छलीका बिषयमा यसअघि पनि बहस हुँदा गम्भीर हुन नसकेको र राजनीतिक तथा प्रशासनिक रुचि देखिएको उनको भनाई छ ।

त्यस्तै अन्य सदस्यहरुले नियामक निकायलाई थाहा नै नदिई विदेशमा कम्पनी खडा गरी न्यून मूल्याङ्कनमा शेयर किनबेचका क्रममा ठूलो अनियमिता भएको हुनसक्ने भएकाले सरकारले समितिलाई प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए ।

समिति बैठकले फास्ट ट्रयाकबारे नेपाली सेनासंग जानकारी लिने निर्णय गरेको छ भने सेनाको उमेर विवादका सम्बन्धमा समितिले रक्षा मन्त्रीसंग समेत छलफल गर्ने निर्णय गरेको छ ।