काठमाडौँ – युएईमा जारी एसीसी यू–१९ एशिया कपको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । नेपाल शुक्रबार पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो ।


ADVERTISEMENT


दुवईस्थित आईसीसी ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९.२ ओभरमा सबै विकेट गुमाउँदै १५२ रनमै समेटियो । १५३ रनको सामान्य चुनौती पच्छ्याउँदै मैदान उत्रिएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउँदै जित हात पारेको हो।


ADVERTISEMENT

# # #


पाकिस्तानका लागि साद वेग र अजान अविसले अर्धशतक हाने । सोक्रममा अजानले ६२ बलमा ८ चौकाको मदतमा नटआउट ५६ रन बनाए भने सादले ५६ बलमा ५ चौकाको मदतमा ५१ रन जोडे । यस्तै मोहम्मद जिशनले ८ बलमा २ चौका र २ छक्का ठोक्दै नटआउट २० रन जोडे । बलिङतर्फ नेपालका गुल्शन झाले सर्वाधिक २ विकेट लिए भने आकाश त्रिपाठीका नाममा १ विकेट रह्यो ।

यसअघि कमजोर ब्याटिङ गरेको नेपालका लागि उत्तम थापामगरले सर्वाधिक ५१ रन बनाए । उनले ७६ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै दीपेश कँडेलले ५९ बलमा २ चौका र १ छक्काको मदतमा ३१ तथा अर्जुन कुमालले ३७ बलमा ३ चौकाको मदतमा २१ रन जोडे । नेपालका अन्य ब्याटरले दोहारो अंक छुन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्नेक्रममा पाकिस्तानका मोहम्मद जिशनले सर्वाधिक ६ विकेट चट्काए । उनले ९।२ ओभरमा १ मेडेल राख्दै १९ रन मात्रै दिए । यस्तै महिर हसनले १० ओभरमा २ मेडेन राख्दै १५ रन मात्रै दिएर २ विकेट लिए भने उवैद शाह र अलि असफइदले समान १–१ विकेट हात पारे ।

समूह ‘ए’मा रहेको नेपालले अब दोस्रो खेल आइतबार अफगानिस्तानसँग खेल्नेछ ।