काठमाडौं-एक महिनाअघि ओमन पुगेका २० नेपाली कामदार अलपत्र परेका छन् । अनेस्टी ओभरसिजलाई प्रतिव्यक्ति एक लाख २० हजारसम्म तिरेर गएका उनीहरु रोजगारी तथा गाँसबासको अभावमा दयनीय अवस्थामा पुगेका हुन् ।


ADVERTISEMENT


मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा स्काफफोल्डिङको काम गर्न भनी डिसेम्बर २६ मा गएका उनीहरु अहिले ओमनको राजधानी मस्कटबाट झन्डै तीन सय किलोमिटर टाढा सोहरमा अलपत्र अवस्थामा छन् ।


ADVERTISEMENT

# # #


बिहीबार साँझ टेलिफोनमा कुरा गर्दै फालासी रामेछापका यमबहादुर चौहानले भने, ‘यतिबेलासम्म हामीलाई खाना दिइएको छैन । हिजो रोटी ल्याएर दिएको थियो । अस्ती बासी भात खान दिएको थियो ।’ ओमन पुगेदेखि नै कम्पनीले काम दिलाउन सकेको छैन ।

‘पैसा माग्दा तिमीहरुले कामै गरेको छैन । कसरी पैसा दिन सकिन्छ भन्छ,’ उनले भने, ‘आँउदा ओमनी १० रियाल दिएको थियो । त्यसले सीम र ब्लालेन्स हाल्दा सकियो । यो खबर आजको कान्तिपुरबाट