पर्वत– पर्वतको कुश्मा नगरपालिकास्थित अर्मादीमा एक युवकको शव आज बिहान बेवारिसे अवस्थामा फेला परेको छ ।


ADVERTISEMENT


बेवारिसे अवस्थामा फेला परेको शव कुस्मा नगरपालिका–२ खुर्कोटका ४३ वर्षीय राजु केसीको रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


गत चैत १९ गतेदेखि हराइरहेका केसी दुईदिनपछि स्थानीय अर्मादीको भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतकाअनुसार प्राप्त सूचनाका आधारमा त्यहाँ जाँदा मृत अवस्थामा केसीको शव फेला परेको छ । स्वास्थ्य परीक्षणका लागि सो शवलाई पर्वत जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।