काठमाडौं –  अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको नेपाल सरकारले निन्दा गरेको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति निकाल्दै भनेको छ, “यो बर्बरतापूर्ण आक्रमणको निन्दा गर्दै नेपाल सरकार अफगान सरकार तथा घटनाका पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । साथै यस्तो जघन्य अपराध गर्नेलाई छिट्टै कानुनी कठघरामा ल्याउने आशा गर्छ ।”


ADVERTISEMENT


राजधानी काबुलको व्यस्त बजारमा भएको उक्त आत्मघाती बम आक्रमणमा परी कम्तीमा ९५ जनाको मृत्यु हुनुका साथै १५० भन्दा धेरै व्यक्ति घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT

# # #