काठमाडौं-म्यान्चेस्टर सिटी एफए कप फुटबलको पाचौँ चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा कार्डिफ सिटीलाई २–० गोलअन्तरले पराजित गर्दै सिटी पाचौं चरणमा प्रवेश गरेको हो ।


ADVERTISEMENT


कार्डिफको घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई जित दिलाउन केभिन डे ब्रुनी र रहिम स्टर्लिङले समान १–१ गोल गरे । म्यान्चेस्टर सिटीले कार्डिफलाई पुरै समयअवधि भर बल नियन्त्रणमा राखेको थियो ।


ADVERTISEMENT

# # #


खेलको आठौं मिनेटमा नै केभिनले गोल गर्दै म्यान्चेस्टर सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको म्यान्चेस्टर सिटीका लागि खेलको ३७ औं मिनेटमा रहिमले गोल गर्दैै दोब्बर अग्रतामा पुर्याएका थिए ।

पहिलो हाफमा २–० गोलअन्तरले पछि परेको कार्डिफ सिटीले दोस्रो हाफमा पनि राम्रो खेल्न सकेन । एकपछि अर्को आक्रमक खेल खेलेको म्यान्चेस्टर सिटीले दोस्रो हाफमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । खेलको अतिरिक्त समयमा कार्डिफका जोई बनेटले फल गरेपछि उनलाई रेफ्रिले रेड कार्ड दिएका थिए ।