काठमाडौं-निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागी मनोनयन दर्ता गराएका उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्दै आज चुनाव चिन्ह प्रदान गर्दैछ ।


ADVERTISEMENT


माघ २४ गते हुने निर्वाचनका लागी मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज दिउँसो २ बजेसम्म नाम फिर्ताको समय तोकिएको छ । आज दिउँसो ३ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने आयोगले आजै अपरान्ह ४ देखी ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


कुल ५६ सिटका लागी हुने निर्वाचनमा ८३ जनाको उम्मेद्वारी परेको थियो । ती मध्ये १ जनाको उम्मेदवारी रद्ध भएको छ । आज दिउँसो २ बजेसम्म नाम फिर्ता लिएपछि मात्र उम्मेदवारको संख्या यकिन हुनेछ । राष्ट्रिय सभा निर्वाचन आगामी २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

यसैबीच निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका सबै मतदातालाई प्रशिक्षण सुरु गरेको छ । जिल्लागत रुपमै जिल्ला निर्वाचन अधिकृतले सम्बन्धित जिल्लाबाट राष्ट्रिय सभा निर्वाचनको मतदाता रहेकालाई प्रशिक्षण प्रदान गर्ने आयोगका प्रबक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

प्रशिक्षणमा बहुमतीय र एकल संक्रमणीय प्रणालीका आधारमा हुने निर्वाचनमा आईपर्ने जटिलता र मतदान प्रक्रियाका बारेमा जानकारी गराईने ढकालले जानकारी दिए ।