काठमाडौं-प्रदेश २ मा सरकार बनाउन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले अनौपचारिक गृहकार्य सुरु गरेका छन् । प्रदेश २ मा फोरम राजपाले पाएको सिट संख्या जोड्दा सरकार निर्माण गर्न बहुमत पुग्छ ।


ADVERTISEMENT


१ सय ७ सिटमध्ये फोरमको २९ र राजपाको २५ रहेको छ । सरकार बनाउन कम्तीमा ५४ सिट चाहिन्छ ।


ADVERTISEMENT

# # #


फोरम राजपाले पाएको सिट संख्या जोड्दा ५४ पुग्छ ।

त्यसबाहेक रौतहट ४ क मा स्वतन्त्रबाट विजयी भएका प्रदेशसभा सांसद फुलबाबुलार्य फोरम राजपा गठबन्धनमा ल्याउने प्रयास भईरहेको फोरमका नेताहरु बताउँछन् ।-आजको नगारिकबाट