काठमाडौं-महाभारतस्थित लेक आसपासका स्थानहरु प्राकृतिक सुन्दरताले भरिएता पनि व्यवस्थापकिय हिसाबले निकै कठिन र जटिल रहेको छ । त्यहीँ विपत् र चुनौतीकै कारण डाँडापारी क्षेत्रलाई बत्ति मुनिको अँध्यारोरुपमा पनि चित्रिण गरिन्छ ।


ADVERTISEMENT


दरबन्दी अनुसार छैनन् कर्मचारी ?


ADVERTISEMENT

# # #


दुर्गमका स्वास्थ्य चौकी तथा प्रस्तुति गृहमा सेवा सुविधा नपाउँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । दरबन्दी अनुसार कर्मचारी नुहुँदा तथा कर्मचारीहरु तोकिएको स्थानमा नजाँदा स्वास्थ्य सेवामा समस्या देखिएको छ । महाभारत गाउँपालिका–३ बनखु स्वास्थ चौकीमा कार्यरत अनमीहरूलाई एसबिए तालिमका लागि दुई महिना जिल्ला जनस्वास्थ्यले खटाएको छ । भएका अहेबहरू पनि अन्यन्त्र गएका कारण सो क्षेत्रका स्वास्थ्य चौकीमा कर्मचारी विहिन बनेको छ । स्थ्यास्थ्य चौकीमा गर्भवतीहरूको स्वास्थ परिक्षण, अत्यवश्यक औषधि नहुँदा सेवा प्रभावित भएको स्थानियको गुनासो छ ।

सोही प्रकारको समस्याले गाउँपालिकाको ८ वटै वडालाई गाँज्न थालेको छ । स्वास्थ्य क्षेत्रमा ३१ जना कर्मचारी हुनुपर्नेमा १० जना मात्रै रहेको र तिनीहरू पनि आफ्नो व्यक्तिगत कामले बाहिर गएकाले स्वास्थ चौकी चिकित्सक विहिन बन्न पुगेको छ ।

एक स्वास्थ चौकीमा ५ जना दरबन्दी रहेकोमा २ जना पनि मुस्किलले भेटिने गरेको स्थानीय बताउछन् । सरकारले स्थानिय तहमा जनप्रतिनिधि आएसँगै करारमा कर्मचारी व्यवस्थापन गरेको बताउछ तर, कर्मचारीको अभावनमा स्वस्थ्य सुविधा स्थानीयले पाएका छैनन् ।

दरबन्दी अनुसार अनमी नहुँदा गर्भवती तथा सुत्केरी महिलालाई निकै सास्ती परिरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. सुरेन्द्र चौरसियाले दरबन्दी अनुसारको कर्मचारी नहुँदा ठाउँ–ठाउँमा समस्या आइपरेको बताए । ‘जिल्लाभर १ सय भन्दा बढी दरबन्दी खाली छ । दरबन्दी अनुसारको कर्मचारी नहुँदा समस्या भइरहेको छ ।’ उनले भने,‘लोक सेवामा माग भइरहेको छ त्यो समस्याको समधान चाँडै हुन्छ ।’

८ घण्टा हिँड्दा पनि पाइएन उपचार !

महाभारत गाउँपालिका अन्तर्गत पर्ने बनखु स्वास्थ चौकी आइपुग्न सोही गाउँपालिकाको ७ नम्बर आहाले बाँसपुर, कालीमाटी, बिसौनीडाँडाबाट ४ घण्टा पैदल हिँडेर आएका सेवाग्राहिहरू सेवा नपाएर फर्किनु परेको गुनासो गर्छन् । स्थानिय फुलमायाँ तामाङ, सुनि लो, सविता बोम्जन गर्भवति महिला हुन् । ‘जाँदा ४ र आउँदा ४ घण्टा गरी ८ घण्टा पैदल हिँडेर स्वास्थ चौकी बल्लतल्ल पुगेँ । तर डाक्टर नहुँदा उपचार नै भएन, त्यसै फर्किए ।’

०७२ को भूकम्पले स्वास्थ चौकीको भवन भत्किएपछि टेन्टबाटै सेवा सुविधा दिँदै आएका छन् । विकट मानिएको सो क्षेत्रहरूमा अहिलेपनि गर्भवती महिलालाई सुत्केरी गराउन पैदल हिँडेर, स्ट्रेचरमा हालेर घण्टौँपछि स्वास्थ चौकीमा पुगे पनि प¥याप्त सेवा सुविधा पाउन सकेका छैनन् ।