काठमाडौं – सामसुङले नेपाली बजारमा ग्यालेक्सी जे सेवेन एनएक्स्टी सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ फोनमा जीवन्त दृश्यानुभुतिका लागि ५.५ ईञ्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको छ ।


ADVERTISEMENT


क्षमता


ADVERTISEMENT

# # #


ग्यालेक्सी जेसेवेन एनएक्स्टीमा सहज परिचालन अनुभवका लागि शक्तिशाली एक्जिनोस ओक्टा कोर प्रोेशेसर १.६ जीएचजेड प्रोसेसरको प्रयोग गरिएको छ । यसमा रहेको अत्यधुनिक अक्टाकोर प्रोसेसर र ३ जीबी ¥यामले डाउनलोड गर्न, गेम खेल्न, एकबाट अर्को एप्समा स्विच गर्ने लगायत कार्य सहजरुपमा गर्न सघाउने कम्पनीले जनाएको छ । फोनमा आन्तरिक सञ्चय क्षमताका लागि ३२ जीबी क्षमताको रोम उपलब्ध गरिएको छ । प्रयोगकर्ताले आवश्यकता पर्दा आफ्नो ईच्छा अनुसार एसडी कार्डको माध्यमबाट यसलाई २ सय ५६ जीबी सम्म बढाउन सक्छन् ।

फोनमा कम्पनीले सेल्फी तथा रियर सटमा उत्कृष्टताका लागि दूईवटा क्यामेरा जडान गरेको छ । रियर सटका लागि फोनमा एफ १.९ एपर्चरसहितको १३ मेगापिक्सेल क्षमताको क्यामेरा उपलब्ध गरिएको छ । त्यसैगरी, सेल्फीका लागि एफ २.२ एपर्चर सहितको ५ मेगापिकसेल क्षमताको क्यामेरा जडान गरिएको छ ।

फ्रण्ट क्यामेरामा अँध्यारोमासमेत उत्कृष्ट सट लिन सकियोस् भन्ने सोचका साथ एलइडी फ्ल्यासको समेत ब्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

फोनको प्रयोग दिनभर गर्नुपर्दा ब्याट्रीका कारण उत्पन्न हुन सक्ने समस्यालाई विशेष दृष्टिगत गर्दै कम्पनीले फोनमा ३ हजार एमएएच क्षमताको शक्तिशाली रिमुभेवल ब्याट्रीको प्रयोग गरिएको जनाएको छ ।

कम्पनीका अनुसार फोनमा प्रयोग गरिएको ब्याट्रीले १३ घण्टा सम्म निरन्तर ईन्टरनेट प्रयोग (वाईफाई), १७ घण्टा सम्म भिडियो प्लेब्याक, ८० घण्टा सम्म अडियो प्लेब्याक र २१ घण्टा सम्मको टक टाइम दिने क्षमता राख्छ ।

यसको मूल्य रु. २१ हजार ९ सय ९० निर्धारण गरिएको ग्लालेक्सी जेसेवेन एनएक्स्टी कम्पनीले सिल्भर, गोल्ड र ब्ल्याक गरी तीन भिन्न रंगमा सार्वजनिक गरेको छ ।