काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विवदित तीन मन्त्रीको राजीनामा या बर्खास्तीको मागमा अडान कायम राखेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले मन्त्रीहरु उपरको कारवाही सम्बन्धी प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने भन्दै पुनः ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिपक्ष दलले बालकुमारी घटनामा सरकारी प्रतिवेदनले दोषी देखाएका भौतिक तथा पूर्वाधारमन्त्री प्रकाश ज्वाला, लुम्बिनीस्थित रामग्राम क्षेत्रलाई भाडामा लगाउने गरी भएको सम्झौताको विषयमा विवादित पर्यटनमन्त्री सुदन किराती तथा टेरामक्स प्रकरणमा अख्तियारको छानबिनमा परेका स्वास्थ्यमन्त्री मोहन बस्नेतको निरन्तर विरोध गर्दै आएको छ । विवादित मन्त्रीहरुलाई राजीनामा वा बर्खास्त गराउनुपर्ने उनीहरुको माग छ ।

यस्तै, मिटरब्याजपीडितहरुले काठमाडौँमा प्रदर्शन गरिरहेको विषयमा पनि प्रमुख प्रतिपक्षले सरकारसँग जवाफ माग गरेको छ । लम्पी स्किन रोगका कारण पशु चौपाया मरेका किसानलाई सरकारले क्षतिपूर्ति दिने भनेकोमा हालसम्म उपलब्ध नगराएको विषय पनि प्रमुख सचेतक गिरीले बताए । प्रतिपक्षले संसदमा उठाएका विषयलाई सरकारले उपेक्षा गरेको पनि प्रमुख सचेतक गिरीले जनाए ।

एमालेको ध्यानाकर्षणपछि सभामुख देवराज घिमिरेले प्रतिपक्ष दलहरुले यसअघिका बैठकमा उठाएका मागहरु सम्बोधन गर्न संसदबाट रुलिङ भइसकेको सभामुख देवराज घिमिरेले उल्लेख गरे ।

उहाले हरेक दिन एउटै विषयमा निर्देशन दिइरहनु वाञ्छनीय नहुने भन्दै प्रधानमन्त्री उपस्थित भएर जवाफ दिनुपर्ने भन्ने प्रतिपक्षको मागबारे संसदको ध्यानाकर्षण भएको बताउनुभयो ।