वीरगञ्ज– प्रहरीले २ लाख बराबरको अवैध सामाग्री बरामद गरेको छ ।


ADVERTISEMENT


बिहीबार सशस्त्र प्रहरी बल, पर्साले भन्सार छली ल्याएको १ लाख ८३ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


प्रवक्ता तथा सूचना अधिकारी सङ्गम श्रेष्ठका अनुसार बिना भन्सार साईकलमा लोड गरी भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेका व्यक्तिहरुले प्रहरी चेकिङ देखेपछि सामान त्यही छोडेर भागेका थिए ।

बरामद गरेको सामानहरुमा किराना सामान, कपडा, हार्डवेयर तथा मोटरपार्टसलगायत रहेको उनले जानकारी दिए ।

उक्त सामाग्री वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।