काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको अमेरिका भ्रमण स्थगित भएको छ ।


ADVERTISEMENT


सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा हुन लागेको ‘कमिसन अन दि स्टाटस अफ वुमनझको ६८ओैं सत्रमा भाग लिन मन्त्री चौधरी जाने नजाने भएकी हुन् ।


ADVERTISEMENT

# # #


फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले चौधरीलाई भ्रमणको स्वीकृति दिए पनि प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारी गरेकोले उनको भ्रमण रोकिएको बताइएको छ ।

अमेरिका भ्रमण स्थगित भएसंगै उनी यतिबेला गृह जिल्लास्थित आपुरुपी शिव मन्दिरमा आयोजित साँस्कृतिक कार्यक्रममा पुगेकी छन् ।

मन्त्री नजाने भएपछि उक्त कार्यक्रमका लागि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरेको छ ।