रुपन्देही – नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटनको अवसरमा आयोजित तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड टी–१० कपको उपाधि २०१४ विश्वकप लिजेन्ड्सले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै २०१४ टोलीले उपाधि उचालेको हो ।


ADVERTISEMENT


२०१४ टोलीले दिएको १०२ रनको विशाल लक्ष्य पछ्याएको रेस्ट अफ नेपाल टोलीले १० ओभरमा ९ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने २०१४ टोलीले १९९६ लिजेन्ड्सलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी रहेका थिए ।