काठमाडौँ- साईकल सिटिका रुपमा चितवनको भरतपुरलाई स्थापित बनाउने अभियान शुरु भएको छ ।


ADVERTISEMENT


भरतपुर भ्रमण बर्ष २०२४ को अवसरमा भरतपुरमा साईकल र्यालीको आयोजना गर्दै अभियानको शुरु गरिएको हो । हरेक बर्ष साइक्लिङ प्रतियोगिता गर्दै आएको प्रज्ञा स्मृति प्रतिष्ठानले तेस्रो संस्करणको रुपमा आयोजना गरिएको साइक्लिङ प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रबार चितवनको भरतपुरमा बृहत साइकल र्यालीको आयोजना गरेको छ ।


ADVERTISEMENT

# # #


नारायणगढस्थित नारायणी नदी किनारबाट शुरु भएको र्यालीको भरतपुर महानगरका प्रमुख रेनु दाहालले उदघाटन गरिन् । सो अवसरमा प्रमुख दाहालले साइकल सिटिका रुपमा भरतपुरको पुरानो पहिचान फर्काउन महानगरले अभियान नै चलाएको बताइन् ।

साईकल चलाऔं,वातावरण जोगाऔ,स्वस्थ रहौं भन्ने नारा सहित आयोजना गरिएको र्याली नारायणी नदी किनारबाट शुरु भई टर्मिनल, हामिकचोक, चौवीसकोठी, शहीदचोक, पुल्चोक हुदै पुनः नारायणी किनारमा पुगेर समापन भएको थियो ।

चैत १० गते भरतपुरको गणेशस्थानबाट तेस्रो संस्करणको प्रज्ञा स्मृति साईक्लिङ एमटिबी क्रसकन्ट्री ओलम्पिक प्रतियोगिता आयोजना हुने कार्यक्रम संयोजक सन्तु दराईले जानकारी दिए । नेपाल साइक्लिङ संघ र चितवन साईकल राईडर्स क्लवको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ५० हजार,४० हजार र ३० हजार पुरस्कार प्राप्त गर्नेछन् ।