काठमाडौँ– सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले प्रथम वार्षिकोत्सव मनाएको छ ।


ADVERTISEMENT


गतवर्ष चैत्र ९ गत सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको संस्थाले शुक्रवार आफ्नो प्रथम वार्षिकोत्सव मनाएको हो । सो अवसरमा कम्पनीले विविध कार्यक्रमको आयोजना गरेको थियो ।


ADVERTISEMENT

# # #


जसअन्र्तगत कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त सो ¥याली कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर – भद्रकाली – जमल हुदै पुन: कमलादीमा पुगेर टुंगिएको थियो ।

सोही अवसर पारेर संस्थाले नेपाल रेडक्रस सोसाईटिसंगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना समेत गरेको थियो । जसमा ५५ जना भन्दा बढीले रक्तदान गरेका थिए ।

यसैगरि संस्थाले शान्तिनगरस्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको निःसहाय सेवा सदनमा आहार बिहार समेत प्रदान गरेको छ ।

बीमा कम्पनीहरूको पुँजी वृद्धि गरि समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गरेको सानिमाले देशभरि १७५ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ ।