काठमाडौं-नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्न थालेका छन् ।


ADVERTISEMENT


संस्थानले अनुदानमा बिक्री गर्ने अरुवा मोटो चामल स्वादिलो नभएको भन्दै उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गरेका हुन् ।


ADVERTISEMENT

# # #


संस्थानबाट सस्तोमा लिएको चामल घर पुगेपछि मदिरा उत्पादन गर्ने गरिएको छ । चामलबाट मदिरा बनाउँदा किनेको मूल्यभन्दा दोब्बर फाइदा हुने स्थानीयको भनाइ छ ।

अहिले उक्त चामल प्रतिकिलो ४० रुपैयाँमा उपलब्ध हुन्छ ।-आजको अन्नपूर्ण पोस्टबाट