काठमाडौं-सिरहामा माओवादी नतामाथि गोली प्रहार गर्ने सुटरलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । ०७३ फागुन १ गते सिरहा मिर्चैया २ बस्ने माओवादी नेता मो. लालु खा लाई गोली प्रहार गर्न मुख्य सुटर धनुषाको कमला नगरपालिकाका २० वर्षीय सुनिलकुमार यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुन्धान शाखाका इन्चार्ज किस्मत भण्डारीको नेतृत्वमा रहेको प्रहरी टोलीले बिहिबार राति यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई थप अनुसन्धानकालागि सिरहा प्रहरीलाई बुझाइने धनुषा प्रहरीले जनाएको छ । नेता खा लाई तीन राउण्ड गोली प्रहार भएको थियो ।


ADVERTISEMENT

# # #


यस अघि माओवादी नेता खां लाई गोलि प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले विसुनदेव सहनि, विजय महतो र छोटकन ठाकुरलाई पक्राउ गरी सिरहा प्रहरीलाई बुझाएका थिए । मधेस राष्ट्र जनतान्त्रि पार्टीले गोली प्रहारको जिम्मा लिएका थिए ।