काठमाडौं-प्रदेश ३ को पहिलो अधिवेशन सम्पन्न भएपछि विभिन्न मन्त्रालय र सरकारी कार्यालयको रङरोगनसहित सरसफाइ तीव्र बनाइएकोे छ । प्रदेशका मन्त्रालय, मुख्यमन्त्री, प्रदेश प्रमुख, सभामुख, उपसभामुख, मन्त्रीहरूको निवासका लागि जिल्ला सरकारी कार्यालय र क्षेत्रीय कार्यालयलाई प्रयोग गरिने भएको छ ।


ADVERTISEMENT


ती कार्यालयमा रङरोगन तथा सरसफाइ भइरहेको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख सुदीप आचार्यले बताए । ‘धेरैजसो प्रादेशिक मन्त्रालय र प्रदेश प्रमुखदेखि मन्त्रीनिवासमा रङरोगनका साथै मर्मतसम्भार भइरहेको छ,’ उनले भने,‘माघभित्र सबै मन्त्रालय र निवासको रङरोगन सक्छौँ ।


ADVERTISEMENT

# # #


प्रादेशिक कार्यालयको व्यवस्थापनका लागि चार सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको संयोजकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश सिवाकोटी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बलदेव जोशी र भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख सुदीप आचार्य सदस्यसचिव छन् ।