काठमाडौं-प्रहरीले हतियारसहित महोत्तरीको बर्दिबासबाट ३ जनालाई पक्राउ गरेको छ।


ADVERTISEMENT


पक्राउ पर्नेमा बर्दिबास नगरपालिका १४ का वेद बहादुर हमाल, टंकु मल्ल र वडा नम्बर ३ का लेकबहादुर कालिकोटे रहेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरूलाई बर्दिबास नगरपालिका २ सागरनाथ वन विकास परियोजनाको जंगलबाट ४ थान भरुवा बन्दुकसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।