कैलाली – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।


ADVERTISEMENT


सो पार्टीनिकट युवा सङ्गठन नेपालद्वारा शनिबार धनगढीमा आयोजित पाँचौं राष्ट्रिय सम्मेलनमा उनले विभिन्न घटकमा छरिएका माओवादी मिल्नुपर्ने बेला आएको बताए ।


ADVERTISEMENT

# # #


‘माओवादी मिल्नुपर्छ भन्ने झुपडी–झुपडी र घर–घरको आवाज छ । देश विकासका लागि माओवादी मिलिदिए हुन्थ्यो भन्ने जनताको चाहना छ’ उनले भने । उनले समाजवाद स्थापनाका लागि एक हुन आवश्यक रहेको बताए ।

समाजवादी मोर्चालाई व्यापक बनाउन जरुरी रहेको बताउँदै उनले समाजवादी मोर्चामा एमाले पनि आओस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले देशका युवा निराश हुन नहुने बताउँदै देशका युवा निराशावादी नभई आशावादी हुनुपर्ने बताए ।

‘जुन देशका युवा निराश हुन्छन् । त्यो देशका जनताले दुःख पाउँछन्’, उनले भने, ‘हाम्रा देशका युवा निराश हुनुपर्दैन । दुई छाक टार्नकै लागि विदेशिनु पर्दैन’, उनले भने, ‘हामी यहीँ काम गर्न सक्छौँ । तराईको जमिनमा मात्रै खेती गर्ने हो भने छ–सात करोड मान्छेलाई खान पुग्छ ।’