काठमाडौं-संसदीय अभ्यासमा त्यहाँ खटिने मर्यादापालक पनि संसदको सोभा हुन् । सधैं सफा र चिटिक्क परेर संसद परिसरमा खटिने मर्यादापालकहरुलाई त्यो सभाको सुरक्षा मात्र होइन, शोभाका रुपमा समेत लिइन्छ । नेपालको संसदीय अभ्यासलाई हेर्दाखेरि पुरुषले सेतो दौरासुरुवालमाथि कालो कोट र भादगाउँले टोपी लगाउँछन् भने महिला मर्यादापालकले रातो पारी भएको सेतो सारीमा कालो कोट लगाउँछन् ।


ADVERTISEMENT


तर, आज प्रदेशसभा २ को पहिलो बैठक स्थलमा फरक दृश्य देखियो । पुरुष मर्यादापालकहरु कोही स्वीटर लगाएका छन् त कोही ज्याकेटमा छन् । महिलाहरु भने कुर्था सुरुवालमा छन् । त्यहाँ कुनै एकरुपता छैन । मर्यादापालक हुन् कि अरु नै कोही हुन् भनेर छुट्टाउन मुस्किल छ । यद्यपि उनीहरुलाई ‘मर्यादापालक प्रदेश २ जनकपुरधाम’ लेखिएको ब्याच भने दिइएको छ ।


ADVERTISEMENT

# # #


नयाँ संविधानअनुसार सात प्रदेशमा प्रदेशसभा गठन गरेर त्यसको प्रारम्भिक अभ्यास सुरु हुँदैछ । प्रदेश ३ ले पहिलो बैठक गरेको छ भने अरु प्रदेशहरुमा हुँदैछ । तर, प्रदेश २ ले पहिलो बैठकअघि नै सर्बदलीय बैठकबाट मर्यादापालकको दौरा सुरुवाल अस्वीकार गर्दा यो अवस्था आएको हो ।

प्रदेशसभा सञ्चालन प्रदेश सरकारकै काम हो । तर, प्रदेश सरकार गठन भइनसकेको अवस्थामा केन्द्रीय संसदको सचिवालयले सहजीकरण गरिरहेको छ । संसदका अधिकारीहरुका अनुसार संसदमा न्यूनतम केके हुनुपर्छ भनेको पनि थियो । तर, प्रदेश २ ले बेग्लै निर्णय गरेको छ ।

दौरासुरुवाल र साडीचोलो ब्यागमै थन्किए

प्रदेशसभा बैठक सञ्चालनका लागि सहजीकरण गर्न जनकपुर पुगेका संसद सचिवालयका सहसचिव बंशी पौडेलले भने, ‘मैले मर्यादापालकहरुका लागि दौरासुरुवाल र सारी चोलो लिएरै आएको थिएँ । तर, ठूला दलका नेताले अहिले यो नलगाऔं, हाम्रो बेग्लै ड्रेस कोड छ भन्नुभयो ।