काठमाडौँ– डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबादले दशौं संस्करणको आइपिएलमा विजयी सुरुवात गरेको छ। गत वर्ष फाइनलमा हराएको रोयल च्यालेञ्जर्स बेङ्लोरलाई ३५ रनले पराजित गर्ने क्रममा बुधबारदेखि सुरु भएको यस सिजनको आइपिएलमा हैदराबादले गतिलो प्रदर्शन गर्यो।


ADVERTISEMENT


बेङ्लोरको तुलनामा बलिङ, ब्याटिङ र फिल्डिङ तीनवटै डिपार्टमेन्टमा हैदराबाद उत्कृष्ट देखियो। बेङ्लोरबाट कप्तान विराट कोहली, उपकप्तान एबी डीभिलियर्स तथा प्रारम्भिक ब्याट्सम्यान केएल राहुल गरी ३ खेलाडी चोटका कारण अनुपस्थित थिए। त्यसैले पहिलो खेलमा सेन वाटसनको नेतृत्वमा बेङ्लोर मैदानमा उत्रिएको थियो।


ADVERTISEMENT

# # #


हैदराबादले पहिलो ब्याटिङ गर्ने क्रममा युवराज सिंहको बिस्फोटक ब्याटिङमा ४ विकेटको क्षतिमा २ सय ७ रन बनाएको थियो। युवराजले २३ बलमा अर्धसतक बनाएका थिए। उनको आइपिएलमा यो सबैभन्दा छिटो अर्धसतक थियो। यसअघि उनले २४ बलमा अर्धसतक बनाएका थिए।

आइपिएलमा ११ अर्धसतक पुरा गर्ने क्रममा उनले २७ बलमा ६२ रन बनाए। यसअघि मोएसेस हेनरिक्युजले ५२ रन बनाएका थिए। प्रत्युत्तरमा बेङ्लोर १९ दशमलव ४ बलमा १ सय ७२ रन बनाएर अल आउट भयो।

मनजीत सिंह र क्रिस गेलले बेङ्लोरका लागि राम्रो सुरुवात दिन खोजेका थिए। तर, उनीहरुको साझेदारी पहिलो पल्ट आइपिएल खेलिरहेका अफगानिस्तानका राशीद खानले तोडेपछि बेङ्लोरको विकेट पतनको सिलसिला सुरु भयो। १८ वर्षीय राशीदले २ विकेट लिए।

क्रिस गेलले भारतीय टेस्ट टिमका अनुभवी बलर आशिष नेहरा र भुवनेश्वर कुमारको पहिलो ओभरमै छक्का प्रहार गरेर आफ्नो योजना बताइसकेका थिए। तर, उनी ३ छक्का र २ चौकाको सहयोगले २१ बलमा ३२ रन बनाएर खेलिरहेको अवस्थामा हुडाको बलमा लङअनमा कप्तान डेभिड वार्नरबाट समातिए।

टिमको स्कोर ६० रन हुँदा उनी पवेलियन फर्किएपछि बेङ्लोरका ब्याट्सम्यानमा दबाब परेको थियो। बीचमा केदार यादवले खेललाई तान्ने प्रयास गरेका थिए। तर, उनी पनि ३१ रन बनाउदा रन आउट हुन पुगेपछि बेङ्लोर पराजयउन्मुख भएको थियो।

नेहरा र भुवनेश्वरले पछि २– २ विकेट बाँडे। खेलको म्यान अफ दि म्याच युवराज सिंहलाई घोषित गरियो।