काठमाडौं – स्वास्थ्य क्षेत्रमा स्थापित ह्याम्स ग्रुपले आफ्नो व्यावसायिक लगानी अटोमोबाइल क्षेत्रमा विस्तार गरेको छ ।

ग्रुपको लगानीमा अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्ड क्यूजे मोटर्स नेपाल भित्रिएसँगै पूर्वक्रिकेटर पारस खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ ।


ADVERTISEMENT

#


क्यूजे मोटर्सको ब्रान्ड सार्वजनिक तथा ब्रान्ड एम्बेसडर घोषणा कार्यक्रममा ह्याम्स ग्रुपका अध्यक्ष आरएस भण्डारी र पारस खड्काको उपस्थिति थियो । कार्यक्रममा खड्कालाई औपचारिक रूपमा ब्रान्ड एम्बेसडर घोषणा गरिएको हो ।

ह्याम्स ग्रुपका अध्यक्ष भण्डारीले नेपाली बजारमा अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय मोटरसाइकल उपलब्ध गराउने उद्देश्यले क्यूजे मोटर्ससँग सहकार्य गरिएको बताए । प्रिमियम विशेषतायुक्त मोटरसाइकल प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको उनको भनाइ छ ।


ADVERTISEMENT

#
#


ब्रान्ड एम्बेसडर खड्काले नेपाली खेलकुदमा निजी क्षेत्रको संस्थागत लगानी बढ्दै जानु सकारात्मक भएको बताए । उनले ह्याम्स ग्रुपले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्ससँग समेत साझेदारी गरेको उल्लेख गर्दै यस्तो लगानीले नेपाली क्रिकेटको व्यावसायिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

क्यूजे मोटर्सले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ । कम्पनीले क्यूजे मोटर्ससँगै बेनेली ब्रान्डका मोटरसाइकलसमेत उत्पादन गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो ।

स्वास्थ्य क्षेत्रमा ह्याम्स अस्पतालमार्फत परिचित ह्याम्स ग्रुपले अटोमोबाइल क्षेत्रमा प्रवेश गरेसँगै नेपालमा अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्डको बजार विस्तार गर्ने लक्ष्य लिएको छ ।