काठमाडौं – ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

#


पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

१ करोड ६७ लाख ३३ हजार २ सय २० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बा. प्र. १–०२७ च २७६५ नम्बरको भ्यानबाट उक्त रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो ।


ADVERTISEMENT

#
#