जनकपुरधाम– मधेश सरकारबाट नेकपा एमाले पनि बाहिरिने भएको छ । एमालेले माओवादी केन्दसंग आजै मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन एकसाथ फिर्ता लिने तयारी गरेको हो ।
प्रदेशस्तरीय दलका नेतालाई एमाले केन्द्रीय नेतृत्वले मधेश सरकार छाड्न निर्देशन दिएको बताउँदै ‘एमाले केन्द्रीय सदस्य सञ्जीव झा ‘सुरज’ ले भने, ‘अहिले भर्खर निर्देशन आएको छ । हाम्रो पार्टी पनि सरकार छाड्दैछ ।’
केहीबेरमा मन्त्रीहरूले राजीनामा बुझाएर समर्थन फिर्ता लिने उनको भनाई छ ।