गुल्मी– गुल्मी जिल्लाको सेउघामा ९ महिने खडेरीमा समेत तरकारी खेती गरेर दुई जना कृषकले मेहनत र परिश्रम गरे सफल भइन्छ भन्नेसन्देश प्रवाह गरेका छन् ।


ADVERTISEMENT


जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ सेउघाका झबि पाण्डे र चुरा कुँवरले खडेरीको समयमा पनि तरकारी खेती उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।


ADVERTISEMENT

# # #


अहिलेको लामो समयसम्म पानी नपर्दा पनि उहाँहरु फर्ममा तरकारीले हराभरा छ । यसले मेहनत परिश्रम गरे सफल भइन्छ भन्ने उदाहरण पनि दिएको छ । पाण्डे र कुँवर मिलेर पछिल्लो केहि वर्ष यता सेउघाको अग्लो डाँडामा २० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् ।

भगवती कृषि फर्म दर्ता गरेर पाण्डे र कुँवरले अहिलेको खडेरीको समयमा १० क्विन्टल बन्दा, ४ क्विन्टल सिमी लगायत काक्रो, बोडी, फर्सी लगायतका तरकारी उत्पादन गरेका छन् ।

यो सिजनमा उत्पादित तरकारीले राम्रो मूल्य पनि पाएको छ । कृषक झबी पाण्डे समाजिक कार्यसँगै तम्घास बजारमा खाद्ययन्न पसल पनि गर्छन् । उनले सरकारलाई व्यवसायबाट बार्षिक २ लाख बढी कर बुझाउने गर्छन् । पसल र समाज सेवाको समयलाई मिलाएर खाली समयलाई कृषिमा लगाउने गरेका छन् ।

कुँवर पनि समाज सेवासँगै बाँकी समय कृषि पेसा गर्दै आउनु भएको छ । खालि समय सदुपयोग गरेर काम गर्तादा ताजा तरकारी आफैंले पनि खान पाइने बिक्री गरेर आम्दानी पनि हुनेभएकाले तरकारी खेती गर्दै आएको कृषक झबि पाण्डेले बताए ।

पाण्डे र कुँवरले मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् ।कृषि फममा स्थानीय ४ जनालाई रोजगारी समेत पाएका छन् । समाजमा अगुवा व्यक्तिबाट कृषि गर्दा अन्य कृषकहरुलाई पनि प्रेरण मिल्ने भएकाले खाली समयलाई कृषि कर्ममा लगाउने गरेको कृषक झबि पाण्डेले जनाए । पाण्डे र कुँवरले उत्पादन गरेको तरकारी तम्घास बजारमा बिक्री हुन्छ ।

केही गर्न खोज्ने कृषकलाई सरकारले दिने अनुदानमा कृषकको फममा पुगेर प्रत्यक्ष अवलोकन गरेर मात्रै वितरण गरे प्रभावकारी हुने कृषक कुँवर बतायँछन् । आफुहरुले गर्दै आएको तरकारी खेतीमा थोपा सिंचाइका लागि पाइप लगायतका सामाग्री आवश्यक रहेको उनको भनाई छ ।