काठमाडौँ– प्रहरी जवान युवराज घिमिरेको हत्या लागूऔषध सेवनकर्तासँगको विवाद जोडिएको छ ।


ADVERTISEMENT


ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरे लागूऔषध सेवनकर्ताहरुसँगको विवादमा मारिएको हुनसक्ने देखिएको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौँ जिल्ला प्रहरी परिसरले हालसम्म यस मुद्दामा ६ जना पक्राउ परेको र पक्राउ अभियुक्तहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गन सार्वजनिक गर्ने बताएको छ ।

तारकेश्वर नगरपालिका—९, मनमैजुमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरी जवान घिमिरे गएको शुक्रबार घिमिरे एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा फेला परेका थिए । उनलाई इँटा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।