काठमाडौँ– अर्थशास्त्री डा. गोपीलाल न्यौपानेले समाचार लेखेकै भरमा कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले तानाशाही प्रवृत्ति देखाएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले सो धारणा प्रस्तुत गरेका हुन् ।


ADVERTISEMENT

# # #


सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाएको उनले बताउँदै उनले भने, ‘सरकारले अघोषित रुपमा आफूलाई मन नपर्ने कुरा सम्प्रेषण नगर भन्न खोजेको हो ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ गरेर तानाशाही प्रवृत्ति अवलम्बन गरेको उनको टिप्पणी छ । रवि र छविहरु तानाशाही बाटोमा हिँड्न नहुने उनको सुझाव छ ।

‘सरकारलाई मन पर्ने कुरामात्रै प्रकाशन गर्न स्वतन्त्रता छ । सरकारलाई मन नपर्ने कुरा तिमीले सम्प्रेषण गर्यौं भने खबरदार हालत कैलाश सिरोहियाको जस्तै हुन्छ भन्ने सन्देश सरकारले दिन खोजेको छ ।’ उनले भने, ‘यो तानाशाही सरकारको बाटो हो । सरकारलाई म आग्रह गर्न चाहन्छु, यो गलत बाटोमा रवि र छविहरु नहिँडून् ।’