काठमाडौँ – जिल्ला अदालत धनुषाले नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिसारतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । बुधबार जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।


ADVERTISEMENT


उक्त म्याद मंगलबारबाट नै लागू हुनेछ । सिरोहिया मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयबाट पक्राउ परेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई प्रहरीले मंगलबार साँझ नै धनुषा पठाएको थियो ।


ADVERTISEMENT

# # #


सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

पक्राउ परेपछि अध्यक्ष सिरोहियाले राज्यमा बसेका व्यक्तिहरुको कर्तुतका बारेमा कान्तिपुरमा समाचार आएपछि आफुलाई प्रतिशोध साध्न पक्राउ गरेको बताएका थिए । उनले राज्यको अहिलेको कदम प्रेसमाथिको हस्तक्षेप भएको भन्दै थप शसक्त रुपमा प्रस्तुत हुने धारणा राखेका थिए ।

आफुलाई नागरिकताको विषयमा सोधपुछ नै नगरी पक्राउ गरिएको भन्दै सिरोहियाले गृहमन्त्रीको दुईवटा राहदानीका विषयमा अनुसन्धान गर्न चुनौती दिएका थिए ।