काठमाडौँ – सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको कार्यदल बैठकमा कांग्रेसले रवि लामिछानेको नाम राख्नुपर्ने अडान राखेको छ भने सत्तारुढ दलले भने सहकारीको नाम राखेर छानविन गर्न सक्ने जवाफ दिएको छ । बैठकपछि कार्यदल सदस्य तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले समिति गठनमा गृहमन्त्रीको नाम राख्नुपर्नेमा कांग्रेसको अडान कायमै रहेको बताबताए । उनले अहिले नै बैठकमा कुनै सहमति नभएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


यता एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने बैठक सहमति नजिक पुगेको दाबी गरे । सहकारीको छानबिनका लागि बन्ने संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्न कांग्रेस लचक भएको र यस बिषयमा पार्टीमा छलफल गर्ने जवाफ दिएको उनले बताए । बर्तौलाले गृहमन्त्री मन्त्रीको नाम भन्दा सहकारीको नाम राख्ने विषयमा सहमति जुटाउने प्रयास भइरहेको उल्लेख गरे ।

त्यस्तै रास्वपा सांसद शिशिर खनालले बैठक सकारात्मक भन्दै सहकारी पीडितको बचत फिर्ताको सुनिश्चितता गराउन र सम्पूर्ण सहकारीमा देखिएको समस्या समाधान गराउन एकमत रहेको धारणा राखे ।

सहकारी प्रकरणमा संसदीय छानविन गठनका लागि कार्यदेश टुंग्याउन कार्यदल गठन गरिएको थियो । कार्यदलको बैठक पटक पटक बसेपनि सहमति भने हुन सकेको छैन भने कांग्रेसले सदनका साथै सडक संघर्ष गर्ने निर्णय नै गरिसकेको छ ।