काठमाडौँ – प्रथम सिएचआइटीएफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता जेठ ११ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ ।


ADVERTISEMENT


आयोजक नेपाल चाङ हुन् अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी जेठ ११ देखि १३ गतेसम्म ललितपुर सातदोवाटोस्थित कराँते महासंघको एकेडेमि हलमा आयोजना हुने जानकारी गराएको हो ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा नेपाल मलेशिया, बंगलादेश, भारत, चीन पाकिस्तान लगायत देशका २ हजा ५ सय खेलाडीहरुको सहभागिता हुने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा ८५ स्वर्ण पदक, ८५ रजत पदक र ११६ कास्य पदकका लागि प्रतिष्पर्धा हुने महासंघका अध्यक्ष कुलबहादुर बुढा मगरले जानकारी दिए ।

शीर्ष तीनमा रहनेले ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।